साहित्यकार थापाले रचना गर्नुभएको प्रहरी नारा सर्वोत्कृष्ट

काठमाडाैं | असोज ३०, २०८१

साहित्यकार थापाले रचना गर्नुभएको प्रहरी नारा सर्वोत्कृष्ट

काठमाडौं:    साहित्यकार घनबहादुर थापाले लेख्नुभएको प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल भएको छ । 

    
प्रहरी प्रधान कार्यालयले आह्वान गरेको प्रहरी नारा प्रतिस्पर्धामा काठमाडौँका लेखक थापाले लेखेको दुईवटा नारा सर्वोत्कृष्ट हुन सफल भएको हो । प्रहरी नारा लेखक प्रतियोगितामा प्रथम हुनुभएका उहाँले नगद रु २० हजार पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । 


साइबर सुरक्षामा नेपाल प्रहरीको भूमिका र अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको भूमिका गरी दुई विषयसँग सम्बन्धित रहेर दुईवटा अलगअलग नाराका लागि प्रतियोगिता आयोजना गरिएको थियो । 

    
उक्त प्रतिस्पर्धामा नेपाल प्रहरीमा प्राप्त भएका नाराहरुमध्येबाट थापाले लेख्नुभएको दुईवटै नाराले प्रथम स्थान हासिल गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

    
सर्वोत्कृष्ट बन्न सफल प्रहरी नारा साइबर सुरक्षातर्फ ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौँ निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ ‘अपराध रोक्ने सङ्कल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ रहेका छन् ।

    
लेखक थापाले नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्नेगरी प्रहरी नारा रचना गरिएको भन्दै दुवै नारा छनोट भएकामा खुसी व्यक्त गर्नुभयो । 

    
उहाँले आफूले लेखेको नारा प्रहरीका हरेक कार्यक्रम तथा गतिविधिमा समावेश हुने भएकाले शान्तिसुरक्षा तथा अमनचयनमा आफूले पनि एक नागरिकका तर्फबाट योगदान दिएको अनुभूत भएको प्रतिक्रिया दिनुभयो । 

    
साहित्यकार घनबहादुर थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मङ्गलबाट नगद २० हजार पुरस्कारसहित कदरपत्रबाट सम्मान प्रदान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    
नेपाल प्रहरीले आफ्नो ६९औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित रहेर खुला प्रहरी नारा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।

    
साहित्यकार थापा यसअघि पनि विभिन्न साहित्यिक पुरस्कार र राष्ट्रिय अन्तर्राष्ट्रिय पदकद्वारा समेत सम्मानित भइसक्नुभएको छ । उहाँका एकल तथा संयुक्त गरी छवटा पुस्तक र करिब पाँच सय बढी लेखरचना प्रकाशित छन् । उहाँको ‘तिमीलाई नै’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भइसकेको छ । 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्